विप्लव र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : २६


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव ‘र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा, गृहमन्त्रीसँग विप्लवले ओली सरकार संगको ३ वुंदे सहमतिको कार्यान्वयन र नेतारकार्यकर्ताको रिहाई वारे छलफल गरेका छन्।

देशको राजनीतिक समस्या विषयमा वहस गर्दै जाने विषयमा समेत छलफल भएको नेकपाले जनाएको छ।

सरकार ३ वुंदे सहमतिको कार्यान्वयनमा सकारात्मक देखिएको र भेटवार्ता प्रभावकारी र महत्वपूर्ण रहेको विप्लव नेकपाको भनाई छ।

प्रधानमन्त्री देउवाले नेनकपा शान्तिपूर्ण राजनीतिमा आइ सकेको बताउदै बन्दि रिहा गर्न कुनै आपत्ति नभएको भन्दै दलहरुसंग बैठक र परामर्श गरेर यस्ता समस्याको समाधान गर्ने बताएका छन।


प्रतिक्रिया दिनुहोस्