२८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४३


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशामाला ८,७१५ पीसीआर परीक्षण गर्दा १,९१८ जना र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन्।


प्रतिक्रिया दिनुहोस्