प्रधानमन्त्री देउवाको पक्षमा भोट हाल्नेहरुसँग ओलीले सोधे स्पष्टिकरण (पूर्णपाठ)

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : २५


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदलाई स्पष्टिकरण मागिएको छ।

अध्यक्ष केपी शर्मा अ‍ोलीले बुधबार प्रधानमन्त्री देउवाको पक्षमा भोटहाल्नेहरुमाथि कारवाही अगाडि बढाएका हुन।

२४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने?भनी प्रश्न सोधिएको छ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए।

त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्