व्यवस्थामाथि जनमत सङ्ग्रह गर्नु हुदैन भन्नेहरु ‘लुटेरा’ हुन : विप्लव

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ०८


काठमाडौं । नेपाल कम्युष्टि पार्टीका महासचिव नत्रे विक्रम चन्द ‘विप्लव’ले समाजवाद नआउँदा सम्म संघर्ष जारी राख्दै बताएका छन्।

बुधबार काठमाडौंमा पार्टीको मुखपत्र रेड फ्रन्टको उद्घाटन गर्दै विप्लवले वैज्ञानिक समाजवाद की संसदीय व्यवस्था भन्नेमा जनमत सँग्रह हुनुपर्ने बताए।

संसदीय व्यवस्था असफल भएको दाबी गर्दै विप्लवलले नेपालमा समाजवाद ल्याउनुपर्नेबताए।

व्यवस्थामाथि जनमत सँग्रह गर्नुहुदैन भन्नेहरुलाई उनले लुटेराको संज्ञा दिए।

जनमत सँग्रहका लागि दलहरु तयार नभए आफूहरुले संघर्ष अगाडी बढाउने समेत विप्लवले बताए।

विप्लवले अबको बाटो एकिकृत जनक्रान्तिको भएको भन्दै बन्दुक र शान्तिपूर्ण दुवै बाटोबाट अगाडी बढ्ने समेत बताए।

करछल्ने एनसेल, बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारवाही गर्दा आफूहरुमाथि प्रतिबन्ध लगाएको विप्लवले बताए।


प्रतिक्रिया दिनुहोस्