भीम रावल माधव नेपाल पक्षको बैठकमा गएनन्

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : २६


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल माधव नेपाल पक्षको बैठकमा अनुपस्थित भएका छन्।

बुधबार दिउँसो बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बसेको छ। तर, त्यसमा रावल सहभागी भएका छैनन।

नेपाल पक्षको विघटित कार्यदलको संयोजक समेत रहेका उनले नेपालको साथ छोडेको प्रष्ट संकेत दिएका छन्।

यसअघि उनले प्रदुषित राजनीतिबाट टाढा रहन चाहेको बताउँदै सांसद पदबाट राजीनामा दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्