ओलीले आइटी आर्मी बनाएपछि माधव नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : १९


काठमाडौं केपी शर्मा ओली पक्षले आइर्टी आर्मी नामक संगठनको घोषणा गरेपछि माधव नेपाल पक्षले पनि नयाँ संगठन बनाउने घोषणा गरेको छ।

माधव नेपाल पक्ष निकट युवा संघ नेपालले भोली विहीबार ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गर्न लागेको जनाएको छ।

सुर्य विनायक भक्तपुरस्थित थापा पार्टी प्यालेसमा एक भेला गर्दै युवा संघले पिपुल्स भोलेन्टियरको घोषणा गर्दैछ।

भेलालाई एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

युवा संघका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख संन्जिप राईका अनुसार सो भेलामा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ।


प्रतिक्रिया दिनुहोस्