माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ०९


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू भएको छ।

पार्टी कार्यलय पेरिसडाँडामा दिउसो केहीबेरअघि बैठक सुरू भएको हो।

स्थायी कमिटीबाट मन्त्रीहरुको टुंगो गर्ने तयारी छ । माओवादीमा नारायणकाजी श्रेष्ठले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग उठाएका छन ।

अन्य नेताहरुले श्रेष्ठले पटक पटक अवसर पाएकोले दोस्रो बरियाताको नेतृत्वमा सरकारमा जानु पर्ने माग अघि सारेका छन्।

संसदको चुनाव हारेका श्रेष्ठलाई राष्ट्रिय सभाको सजिलो बाटो प्रयोग गरि संसदमा भित्र्याएकोले अहिले त्यसैमा चित बुझाउनु पर्ने पुराना माओवादीहरुको धारणा छ।

उनीहरुले देवेन्द्र पौडेल वा हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सामेल हुनुपर्ने माग अघि सारेका छन् ।


प्रतिक्रिया दिनुहोस्