बाबुरामको ट्विट : हिन्दु धर्मको अपमान गरेको भन्दै कमल थापा देखि भाजपाका नेताले जनाए आपत्ति

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४९


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेको ट्विटको राप्रपा अध्यक्ष कमल थापाले विरोध जनाएका छन्।

आज बिहानै डा भट्टराईले आस्थाले मानिसलाई अन्धो बनाउँदो रैछ भन्दै धार्मिक आस्थामाथि व्यंग्य गर्दै एक ट्विट गरेका थिए।

सो को विरोधमा राप्रपा अध्यक्ष थापाले ट्विट गर्दै आपीत्त जनाएका ह्न।

यस्तै, भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दु धर्मको अपमान गरेको बताएका छन्।

चौथाइवालेले भट्टराईलाई इदको पूर्वसन्ध्यामा हिन्दु धर्ममाथिको विश्वास र विधिको अपमान गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्