प्रचण्ड पत्नीलाई देउवाले सोधे-‘चिन्नु भो म शेरबहादुर'(भिडियो)

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : १८


काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिलएका छन्।

मंगलबार प्रचण्ड निवास खुमलटारमा पुगेर देउवाले सिता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुका साथै अध्यक्ष प्रचण्डसँग समसामयिक राजनीतिक बिषयमा छलफल समेत गरेका छन्।

खुमलटार पुगेका देउवाले प्रचण्डसँग करिव डेढघण्टा छलफल गरेका थिए।

यसअघि मंगलवार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका थिए।

त्यस्तै बुधवार बिहान मात्रै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेका थिए । देउवा र प्रचण्डबीचको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

देउवा खुमलटारमा पुगेको भिडियो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ। तल हेर्नुहोस्

दुई दिन अघि नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुमलटारमै पुगेर प्रचण्ड परिवारसँग भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्