झलनाथ खनाललाई फोन गरेर देउवाले भने-‘सरकारले सबै खर्च बेहोर्छ’

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४३


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य उपचारको खर्च सरकारले बेहोर्न बताएका छन्।

भारतको नयाँ दिल्लीमा उपचाररत रहेका नेता खनाललाई आज लाई फोन गरेर प्रधानमनत्री देउवाले सरकारले खर्च बेहोर्ने बताएका हुन।

देउवा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास खुमलटार पुगेका थिए।

त्यही बेला अध्यक्ष दाहालको फोनमार्फत देउवाले खनालसँग संवाद गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्