बाँदर बनेर ओली पक्षीय युवाहरुले गरे माधव नेपालको विरोध

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ५४


पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय युवाहरुले वरिष्ठ नेता माधव कुमारनेपालको विरोधमा प्रदर्शन गरेका छन्।

ओली निकट राष्ट्रिय युवा संघ नेपालले आज राजधानीमा बाँदर जुलुस प्रदर्शन गरेको हो।

नेता नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा ’गद्दार’ लेखेर उनीहरुले प्रदर्शन गरेका हुन।

उनीहरुले बाँदरको जस्तो मुकुण्डो लगाएर नयाँ बानेश्वर प्रर्दशन गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए।

त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ।

पार्टीका आफ्नै सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मत दिएकोमा आक्रोस पोख्दै प्रर्दशनकारीले नाराबाजी समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्