प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३५


प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन।

पार्किन्सन् रोगका कारण लामो समयदेखि उनी बिरामी छिन्।

यसअघि आजै बिहान प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई कोटेश्वरमा र प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका थिए।

देउवाले विश्वासको मत पाएपछि गठबन्धनको विश्वास आर्जनको अभ्यास उनी प्रचण्ड भेट्न पुगेका हुन्।

यसका लागि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित उनकै निवास मंगलबार ५ बजे खुमलटार पुगेर प्रचण्डसँग छलफल गरिरहेका छन्।

देउवाका सहयोगी नेताहरूका अनुसार प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन्।

देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको बताइन्छ।

आजै बिहान पनि देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।

देउवा र प्रचण्डबारे आज मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने सम्भावना बताइएको छ।


प्रतिक्रिया दिनुहोस्