३१०८ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ४९


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जना नयाँ कोरोना संक्रमि थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यस्तै आज कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने एक हजार ५९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

यस्तै आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकाका ७१९ जना छन्।

जसमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।


प्रतिक्रिया दिनुहोस्