भोलि सार्वजनिक बिदा

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : २४


काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्