विप्लव र ओलीबीच बालकोटमा भेटवार्ता

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ५९


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पूूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मङ्गलबार ओली निवास बालकोट भक्तपुरमा भएको भेटमा समसामयिक राजनैतिक विषयमा छलफल भएको छ।

यस्तै ओली सरकार र नेकपाबीच गत फागुन २१ मा भएको तीन
बुँदे सहमतिको बिषयमा पनि छलफल भएको बताइएको छ।

भेटघाटमा नेकपाका शिर्ष नेताहरूले समसामयिक राजनीतिक विषयसँगै तीनबुँदे सहमति कार्यान्वयनको विषयमा चासो राखेका थिए।

नेकपाले सहमति कार्यान्वयनमा भएका कमी र कार्यान्वयनको लागि राखेको जिज्ञासाको जवाफमा पूर्व प्रधानमन्त्री केपीओलीले तीनबुुँदे सहमति आफू नेतृत्वको सरकारले गरेको हुनाले त्यसको पूर्ण कार्यान्वयनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्