वामदेव मन्त्री बन्ने खबर भ्रामक : सचिवालय

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ३५


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न लागेको खबर निराधार भएको उनको सचिवालयले जनाएको छ।

गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ।

मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्