प्रभु शाहको नेतृत्वमा ओलीले ‘आइटी आर्मी’ संगठन घोषणा गर्दै

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ३०


काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्र परित्याग गरेर आएका प्रभु शाहको नेतृत्वमा आइटी आर्मी सठन गर्ने भएको छ।

यसअघि नै साइबर सेना बनाएको दाबी गर्दै आएको एमालेले अब आइटी आर्मी नामक संगठन गठन गर्न लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीका केन्द्रीय सदस्य प्रभु साहको नेतृत्वमा आइटी आर्मी नामको संगठन घोषणा गर्न लागेका छन।

आज भक्तपुरको लोकन्थलीमा विशेष कार्यक्रम राखेर यसको घोषणा गर्ने तयारी छ।

कार्यक्रममा प्रभु साह, मणि थापा, लेखराज भट्टलगायत उपस्थित हुने छन्।

स्रोतका अनुसार सो संगठनको केन्द्रिय कमिटीमा १ सय ५१ सदस्य हुने छन।

संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्