साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : ३८


सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते अर्थात बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।

बैठकले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिने र निःशुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह गर्ने पनि निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्