प्रचण्डको सुरक्षा बढाइयो

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : १६


काठमाडौं । नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको छ।

सुरक्षा चुनौती रहेको विश्लेषण सहित सरकारले प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा थप प्रहरी खटाएको छ।

प्रचण्डलाई को बाट सुरक्षा चुनौती आयो भन्नेबारे सरकारी अधिकारीहरुले केहि बताएका छैनन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो।

काँग्रेस सभापति शेरबहादुुर देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेपछि प्रचण्डको सुरक्षा बढाइएको हो।


प्रतिक्रिया दिनुहोस्