अब काँग्रेसले बालुवाटारमा आफ्नो पार्टीको बैठक नराख्ने

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : ४६


काठमाडौं । केपी शर्मा ओली कै सिको गरेको भन्दै आलोचना भएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा आफ्नो पार्टीको बैठक नराख्ने भएका छन्।

काँग्रेसका नेता गगन थापाका अनुसार देउवाले उक्त आश्वासन दिएका हुन्।

आफूहरूले बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न गरेको आग्रहमा देउवाले उक्त जवाफ दिएको थापाको भनाइ छ।

थापाले ट्विटरमा लेखेका छन् ‘प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ। उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ।


प्रतिक्रिया दिनुहोस्