मोदी र देउवाबीच टेलिफोनमा कुराकानी, भारतले नेपाललाई खोप दिने

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ०३


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा कार्यकालका लागि शुभकामना दिएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका देउवालाई आफूले फोन गरेर बधाई दिएको मोदीले ट्विट मार्फत जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले छिट्टै कोभिड भ्याक्सिन आपूर्ति गर्ने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्वासको मत लिए लगत्तै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका हुन।

 


प्रतिक्रिया दिनुहोस्