प्रधानमन्त्री देउवाद्वारा खोप अभियानको उद्घाटन

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ३९


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गर्नुभएको छ।

उहाँले आज (सोमवार) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान १० बजे स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो।

अमेरिकाले नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजबाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंदैछ। कोभ्याक्स मार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ।

५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डस् बेरी पनि सहभागि हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस्