घरबाहिर निस्किँदै हुनुहुन्छ? थाहा पाउनुस् आजको मौसम

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : १७


अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

उच्च वर्षासँगै बाढी तथा पहिरोको सम्भावनासमेत रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्