हामी ठुलो दुर्घटनामा परेका छौ , कोही पनि सुरक्षित छैनौँ : घनश्याम भुसाल

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ३३


प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएका नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू ठुलो दुर्घटनामा परेको बताएका छन् ।

आइतबार राती सामाजिक सञ्जालमा उनी लेख्छन ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठुलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोही पनि सुरक्षित छैनौँ । हामी उठ्छौँ, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौँ ।’

देउवालाई विश्वासको मत दिने संसदहरू लाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीले जनाइ सकेका छन् भने माधव नेपाल लगायतका नेताहरूले कारबाही भोग्न तयार हुँदै देउवालाई मत दिएका छन् । एमाले करिब करिब फुटेको घोषणा मात्र गर्न बाँकी रहेको अवस्थामा नेता भुसालको यस्तो धारणा आएको हो ।


प्रतिक्रिया दिनुहोस्