देउवाले भने-‘सरकारको प्राथमिकता खोप, खोप, खोप’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २५


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता कोरोना खोप ल्याउन रहेको बताएका छन।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारका ३ वटा खोपमात्रै रहेको बताए।

उनले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’

प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए। ‘डेभलभमेन्ट इज इम्पोटेन्स। बट लाइफ इज मोर इम्पोटेन्ट’ उनले भने।

प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा आएको भए आफू खुसी हुने बताए। तर, अनाएको असन्तुष्टि पोखे।


प्रतिक्रिया दिनुहोस्