विप्लवसँगको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ : बाबुराम

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ४६


पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

पूर्ववर्ती केपी शर्मा अ‍ोली नेतृत्व सरकरले गरेको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव आफूसँगको भेटमा असन्तुष्टि पोखेको उनले बताए।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतको पक्षमा बोल्दै डा.भट्टराईले विप्लवसँग भएको सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न सुझाव दिए।

विप्लवसँगको सम्झौता, मधेस आन्दोलन लगायतका सम्झौता कार्यान्वयन गर्नुपर्ने डा.भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस्