प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौं : महन्त ठाकुर

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५१


जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

सुशील कोइरालालाई विश्वासको मत दिँदा आफूहरूको आन्दोलन कमजोर भएको उनले बताए। अहिले पनि आफूहरूलाई घाइते पाइरहेको उनले बताए।

उत्पीडित समुदायले कहिल्यै केही नपाएको उनले औँल्याए।

वर्तमान संविधानका कारण आफूहरूले गोली खानु परेको उनले बताए। संविधानका कारण देशमा संकट आएको उनको दाबी थियो।


प्रतिक्रिया दिनुहोस्