एमालेमा रहेका पूर्वमाओवादी नेताहरु र विप्लवबीच भेटवार्ता

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ०१


काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरि हाल केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा रहेका नेताहरु र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

पूर्व उद्योग मन्त्री लेखराज भट्टको निवासमा माओवादी परित्याग गरेका नेतासहित नेत्रबिक्रम चन्द विप्लवका बीचमा झन्डै ३ घन्टा लामो वार्ता भएको छ।

अब कसरी अगाडि बढ्ने भन्नेबारे आज छलफल भएको बताइएको छ।

छलफलमा नेता भट्ट सहित, पूर्व खानेपानी मन्त्री मणि थापा, टोपबहादुर रायमाझी, प्रभु शाह लगायत सहभागी थिए।

 


प्रतिक्रिया दिनुहोस्