मतदानका लागि अ‍ोली पुगे संसद बैठक

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : २०


काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा अ‍ोली मतदानका लागि संसद भवन नयाँ बानेश्वर पुगेका छन्।

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन्।

देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो।

ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्