जसपाको महन्त ठाकुर पक्षले पनि देउवालाई भोट दिने

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ०५


राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो।

जसअनुरूप ठाकुर पक्षका सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशङ्कर अरगरियाले जानकारी दिनुभयो।

कांग्रेस र ठाकुर पक्षीय सांसदबीच सङ्घीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो। ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकरात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ।

यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो। प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद हुनुहुन्छ। सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ।


प्रतिक्रिया दिनुहोस्