प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ४८


प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडले, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागाँईको निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जलि प्रकट गरिएको छ।

सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्