पुनर्स्थापित प्रतिनिधिसभाको बैठक सुरु

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ५०


पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको बैठक आइतबार अपरान्ह सुरु भएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो।

आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने छन्।


प्रतिक्रिया दिनुहोस्