भीम रावलले सांसदबाट दिए राजीनामा

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : २५


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सदस्यबाट राजीनामा दिनुभएको छ।

अनैतिक राजनीतिक खेलमा आफू सहभागी नबन्ने भन्दै नेता रावलले संसद भवन नयाँ बानेश्वरमा राजीनामा दिनुभएको हो।

राजनीतिक शीर्ष नेतृत्वबाट देश र जनताको हित बिपरित काम भएको र अनिश्चयको दिशातिर धकेलेको भन्दै नेता रावलले यसबाट नेपाल र नेपालीको शिर निहुरिएको बताउनुभयो।

केही समय यता राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता र पदलिप्ता, विधि र पद्धतिलाई आत्मकुत्सित एवं निहित स्वार्थका लागि अत्यन्त स्वेच्छाचारी र निरंकुशता तन्त्रले काम गर्ने, अनैतिक चरित्रले घृणित अभ्यास भइरहेको बताउँदै नेता रावलले यसले कुनै पनि लोकतन्त्र र देशप्रेमीको मन रुने र यसलाई रोक्न आफूले राजीनामा दिएको बताउनुभयो।

नेता रावल २०७४ को प्रतिनिधि सभामा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस्