नेप्से ९७ अंकले बढ्यो, ११ अर्बमाथिको कारोबार

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ०३


काठाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ९७ अंकले बढेको छ।

साताको पहिलो दिन आज सेयर बजार ९७.२१अंकले बढेर २९७९ ३५ बिन्दुमा बजार बन्द भएको छ।

अघिल्लो दिनभन्दा ९७.२१ अङ्क अर्थात् ३.३७ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २९८०.६१ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९८०.६१४५ र कममा २८९२.३०७३ पुगेको थियो।

आज ११६२९४ कारोबारमा २८८६३०९३ कित्ता सेयरको किनबेच भई ११६३८१२६४९२।६२ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२१ कम्पनीको सेयर किनबेच भएको हो।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्