देउवाको पक्षमा भोट हाल्नु हाम्रो कर्तव्य हो: झाँक्री

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : २१


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेतृ रामकुमार झाँक्रीले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन्।

देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैछन्। सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै नेतृ झाँकीले देउवाको पक्षमा भोट हाल्नु आफूहरुको कर्तव्य भएको बताएकी छन।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’


प्रतिक्रिया दिनुहोस्