आफ्ना सांसदहरुलाई झलनाथले भने-‘देउवालाई विश्वासको मत दिनुस्’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ०९


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन।

हाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका नेता खनालले देउवालाई विश्वासको मत दिन आफू पक्षीय सांसदहरुलाई अपील गरेका हुन।

‘‘ म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’

 


प्रतिक्रिया दिनुहोस्