पत्रकार बुढाथोकीलाई कोकाकोलाले धम्की दिएको भन्दै महासंघको आपत्ति

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४८


काठमाडौं । पत्रकार महासंघका सदस्य गजेन्द्र बुढाथोकीलाई कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालले धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ।

बोटलर्स नेपालले बुढाथोकीको नामै तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गरेपछि महासंघले आपत्ती जनाएको हो ।

पत्रकार बुढाथोकीले बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई विदेशमा लगेर किनबेच गरेको विषयमा फलोअपसहितको समाचार लेखेका थिए।

बोटलर्स नेपालले उनलाई धम्की दिई उनको नामै ताकेर तह लगाउन निर्देशन गरेपछि महासंघले बोटलर्स नेपाललाई आवश्यक कारबाही गर्न समेत माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्