रवि लामिछानेमाथि खनिए महेश बस्नेत! भन्छन्-‘अब दिन सकिए’

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ०१


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको नामै लिएर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले अब उनका ‘दिन सकिएको’टिप्पणी गरेका छन्।

हालै प्रधानमन्त्रीमा रहेका बेला केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले पदबाट हटाइदिएको थियो। तर, महेश बस्नेत लगायत ओली पक्षका युवाहरु अदालतको विरुद्ध सडकमा उत्रेका थिए।

सो बारे लक्षित गर्दै रवि लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस लेखे। जसमा रविले लेखेका थिए, ‘केरे..केरे..केरे.. अदालतको आदेश मान्दिन रे११रुरु तिम्रो ‘बा’ को शासन हो र ??’

उक्त स्टाटसलाई लिएर रविमाथि एमालेको अ‍ोली पक्षले आक्रोश व्यक्त गर्ने गरेको छ।

शनिबार राजधानीमै अ‍ोली पक्षका नेता बस्नेतले सार्वजनिक कार्यक्रममै रवि लामिछानेको नाम लिएर ‘अब दिन सकिएको’ भन्दै आक्रोश पोखे।

उनले भने-‘अब रवि लामिछानेलाई खोज्ने दिन सकिए। अब अनेक अभियन्ता खोज्ने दिन सकिए। यी अभियन्ताका अनेक घटनाक्रमहरु राष्ट्रिय युवासंघले उजागर गरिरहेको छ। अभियन्ताका नाममा लुटेर खाने दिन अब गए। अब हामीहरुले कसैलाई लुट्न दिदैनौं। अनेक नाउमा समाजमा विकृति विसंगती छर्नेदिन सकिए।’

एमालेको युथफोर्सले समाजले सम्झन लायक काम गर्ने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्