उज्वल थापाको उपचारका लागि संकलित रकममध्ये बचेको ४२ लाख ७ संस्थालाई दिइयो

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ३९


काठमाडौं । विवेकशील साझा पार्टीका दिवंगत नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई दिइएको छ।

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो।

थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको छ भने बैंक तथा रकम स्थानान्तरणमा १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको छ।

उनको उपचारका क्रममा १८ जेठमा मृत्यु भएको थियो। उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा खर्च नभएको उज्जवलको परिवारले जनाएको छ। यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले असम्भव देखिएको भदै परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो।

त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटालाई दिइएको थापाको परिवारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्