विप्लव र वैद्यबीच भेटवार्ता, ‘क्रान्तिकारी धुर्विकरण’बारे छलफल

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४९


काठमाडौं । पछिल्लो समय नेपाल कम्युष्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटमा व्यस्त छन्।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि गृहजिल्ला कपिलवस्तुमा रहेका विप्लव केहि दिन अघि मात्रै काठामाडौं भित्रिएका थिए।

काठमाडौं आएपछि उनले प्रमुख दलहरुका शीर्षनेताहरुसँग भेटघाट जारी राखेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँगको छलफल पछि विप्लवले मोहन वैद्य किरणसँग भेटघाट गरेका छन्।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव बैद्यसँग क्रान्तिकारी धुर्बिकरण, संयुक्त मोर्चा र समसामयिक राजनितिक बिषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्