२ मन्त्रालय लिएर माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ५७


काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश नं २ को सरकारमा सहभागी भएको छ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लिँदै नेकपा माओवादी सरकारमा सहभागी भएको हो।

मुख्यमन्त्री राउतले माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

नव नियुक्त मन्त्री र राज्यमन्त्रीले मधेस भवनमा शनिबार अपराह्न एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झाले सपथ दिलाए भने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री राउतले।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री रहेका सरोज सिंह कुशवाहाले शनिबारै बिहान राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस्