१ हजार ८७५ कोरोना संक्रमित थपिए, २१ जनाको मृत्यु

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ४ : ४०


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ।

१ हजार ८ सय ७५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशका विभिन्न प्रयोगशालमा १००६६ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै आज २१६४ जनाले कोरोनालाई जितेका छन्।

यस्तै, २४ घन्टामा २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन्। हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरेर थप शनिबार २१ जना मृतक थपिएका छन्। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ९ सय ५२ जना छन्।

यस्तै, ३ सय ३७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, काठमडौंमा संक्रय संक्रमितको संख्या ५ हजार ५ सय ४०,भक्तपुरमा ९ सय ८ र ललितपुर ९ सय ५१ रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्