कोका-कोलाबारे समाचार लेख्ने पत्रकार बुढाथोकीले आफू असुरक्षित रहेको भन्दै प्रहरीमा दिए सूचना

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ४ : ३०


काठमाडौं । पेयपदार्थ उत्पादक कम्पनी कोका-कोलाबारे समाचार लेखेका पत्रकार गजेन्द्र बुढाथोकीले आफू असुरक्षित भन्दै प्रहरीमा सूचना दिएका छन्।

सामाजिक सञ्जालमा प्रहरीलाई ट्विट गर्दै बुढाथोकीले कोकाकोलाका विषयमा ‘सत्यरतथ्य समाचार’ लेख्दा उक्त कम्पनीले आफ्नो खोजी तिव्र पारेको जनाएका छन।

कम्पनीले सबै ट्रेड युनियनका कर्मचारीलाई ‘कागजमा सही गराएको’ पत्र आफूलाई प्राप्त भएको पत्रकार बुढाथोकीले ट्विटमा उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्