शशांक निवासमा तीन कोइरालाको लञ्च

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ४६


काठमाडौं। नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कोइराला परिवारबाट सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल शुरु भएको छ।

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट महामन्त्री डा शशांक कोइराला र केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेतृत्वमा दावी गर्दै तयारी तीव्र पारेका छन्।

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि नेताहरुबीच सहमति नभए आफू नेतृत्वमा दावी गर्ने बताउँदै आएकी छन्।

कोइराला परिवारका यी तीन जना नै एकजुट नहुने अवस्था आएपछि परिवारबाट एक जना मात्रै नेतृत्वमा उठ्ने गरी सहमतिको प्रयास शुरु भएको हो।

शनिबार दिउँसो शशांक निवास महाराजगञ्जमा शेखर, शशा‌क र सुजाताबीच खानासहितको बैठक शुरु भएको छ।

संस्थापनइतर समूहबाट सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन्। तर कोइराला परिवारभित्रबाटै शेखर र शशांकले सभापतिका लागि बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका छन्।

महामन्त्री कोइरालाले आफूहरुबीच सहमतिमा एउटा मात्रै उम्मेदवार बन्ने बताउँदै आएका छन्।

शेखरले भने आफू कुनै पनि हालतमा पछि नहट्ने अडान लिँदै आएका छन्।

१४ औं महाधिवेशनमा नेतृत्वका लागि दोहोरिन कांग्रेस सभापति शेरबहादुर देउवाले तयारी अगाडि बढाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्