राप्रपामा नयाँ र जनप्रिय नेतृत्व आवश्यक : धवल शमशेर राणा

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : १०


बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन्।

राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन आह्वान गरेका छन्।

‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र?’ राणाले सामाजिक संजालमा शनिबार भनेका छन्। ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन्।’

राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ।’

नेपालगंज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यस अघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरीसकेका छन् । महाधिवेशनउन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ।


प्रतिक्रिया दिनुहोस्