ओली सरकार ढलेपछि जसपाका ५ सांसद उपेन्द्र समूहको बैठकमा

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ३८


काठमाडौ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पहिलो पटक जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका ५ सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभगी भएका छन्।

यसअघि ओली नेतृत्वको सरकारमा जसपाको ठाकुर समूह सहभागी भएपछि दुवै पक्ष पार्टी विभाजनका लागि लगभग तयार भइसकेको छन।

पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए। पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ।

हाल यादव समूह देउवा नेतृत्वको गठबन्धनमा छ भने ठाकुर पक्ष ओली समूहको पक्षमा छन्।


प्रतिक्रिया दिनुहोस्