सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फी

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : २७


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक शनिबार बिहान सडक  भासिएको छ । करिब ३० मिटर भागमा क्षति पुगेको सो सडक भासिएपछि राजमार्ग एकतर्फी भएको छ । सडक पृथ्वी राजमार्गअन्तर्गत दमौली–मुग्लिङ सडकखण्डमा पर्छ ।

पहिरोले सडकमा क्षति पुगे सँगै केही बेर सवारी आवगमन अवरुद्ध हुन पुगेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्