निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् श्रावण २ गते देखी ८ गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : २४


मेष: आम्दानीको स्रोत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवम् भूमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइती मावली पक्षबाट सहयोग मिल्नेछ ।

राजनीतिमा पहुँच मिल्ने एवम् सरकारी क्षेत्रबाट फाइदा हुनेछ । सन्तानको सहयोगले धनको कारोबार मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । लगानीमा सन्तोष हुनेछ ।

वृष: ठूलावडाको सहयोगले पुरानो काममा प्रगति हुनेछ । नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवम् काममा जस पाइनेछ ।

संगीत एवम् कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्नेछ । तथा व्यापार व्यवसायमा सामान्य आम्दानी हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ ।

मिथुन : सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम् सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

पद, प्रतिष्ठा वृद्धि हुने एवम् सम्मानको योग रहेको छ । ठूलावडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ । सामाजिक एवं धार्मिक काममा समय व्यतित हुनेछ । विदेशबाट फाइदा मिल्नेछ ।

कर्कट: अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवम् प्रियजनबाट धोका हुनेछ ।

टाढाबाट सहयोग आउनाले अधुरा काम पूरा हुने देखिन्छ । शुरु गरेको काममा वादविवाद आउनेछ । नयाँ जिम्मेवारीको काम अधुरो हुनेछ ।

सिंह: साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साझेदारीमा फाइदा एवम् व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । वैवाहिक सम्वन्धमा प्रगति हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

कन्या: वादविवाद टुंगो लाग्ने एवम साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवम् पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवम् साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ ।

मीठो भोजनको सुख मिल्नेट । पारिवारिक काममा व्यस्तता बढ्नेछ । प्रतिष्पर्धामा विवाद आउनेछ ।

तुला: व्यक्तिगत काम पर सर्नेछ । घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम् नयाँ मित्र भेटघाट हुनेछ । सांगीतिक कार्यमा रुचि र संलग्नता जानेछ ।

नाताबाट आर्थिक सहयोग मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम् आम्दानीको स्तर बढ्नेछ ।

वृश्चिक: घरायसी काममा बाधा आउने स्वास्थ्यमा खर्च बढ्नेछ । मानसिक चिन्ता बढ्ने एवम् घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवम् मित्रबाट असहयोग हुनेछ ।

धनु: पूरानो काममा जिम्मेबारी बढ्नेछ । पूरानो काममा फाइदा मिल्नेछ । छोटो एवं रमाइलो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवम् पारिवारिक मेलमिलापबाट काम बन्नेछ ।

काममा बोझ थपिनाले काम अधुरो रहनेछ । हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । सरसापट लेनदेनमा धनको व्यय हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च हुनेछ ।

मकर: सभा एवम् गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना शुरु हुने एवम् पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवम् ठूलावडासँग भेटघाट हुनेछ ।

कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवम् परिवारमा सद्भाव रहनेछ । धनकोे कारोबारमा वृद्धि हुनेछ । आफन्तको सहयोगमा काम अगाडि बढ्नेछ ।

कुम्भ: फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागिदार भइनेछ । समझदारीको काममा योजना बिग्रिनेछ । आफन्तबाट आलोचनाको भय हुनेछ । आलस्यताले काममा अधुरो हुनेछ ।

मीन : मानसिक चिन्ता बढ्ने एवम् योजनामा ढिलासुस्ती हुनेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । छोटो यात्राको सुख मिल्नेछ । सरसामान हराउन सक्नेछ ।

यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम् सरसहयोगमा धन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्