आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दै

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ३३


निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।

आयोगको आजको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासँगै मतादाता नमावली सङ्कलन तथा अद्यावधिक चालु गरिने भएको हो। रासस


प्रतिक्रिया दिनुहोस्