माधव पक्षलाई बाँस्कोटा भन्छन् : १० बुँदे अनुमोदन हुँदा पनि कोही आउदैनन भने नआउन

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : २२


काठमाडौं । नेकपा एमालेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलयको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ।

आज बसेको एमालेको स्थायी कमिटी बैठकले सो सहमतिलाई अनुमोदन गरेको हो।

तर, माग सम्बोधन नभएको भन्दै एमालेको माधव नेपाल पक्षले आजको बैठक नै बहिष्कार गर्यो।

एमालेमा माधव समूह र ओली समूहबीच दूरी बढिरहँदा ओली पक्षीय नेता गोकुल बाँस्कोटाले नेपाल समूहले अगल पार्टी बनाए अन्ततः एमालेमै फर्किनुपर्ने बताएका छन्।

बाँसकोटाले सर्वोच्च अदालतप्रति व्यंग्य गर्दै लेखेका छन् ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सक्या हुन्थ्यो।’

वरिष्ठ नेता नेपालतर्फ लक्षित गर्दै उनले ‘दस बुँदे मनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्’ भनेका छन्।


प्रतिक्रिया दिनुहोस्